दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना संक्रमणको पुष्टि


दाङ, २७ साउन । दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना सक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जवानमा कोरोना सक्रमणको पुष्टि भएको हो ।

साउन १८ गते संक्रमण देखिएका जवानको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिनुभयो ।

प्यूठानमा कार्यरत एक जवान साउन १४ तालिमको लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्यमा समस्या देखिए पछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

ती जवानमा सक्रमण देखिए पछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब सकलन गरिएको हो । ३१ जना मध्ये २ जनाको नेगेटिभ आएको र संक्रमण पुष्टि भएको २९ जवान बाहिनी भित्र बनाइएको आइसोलेसनमा बसेका छ्न ।

न्युज२४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment