विराटनगरबाट मानव अंगसहित २६ वर्षीय भारतीय नागरिक पक्राउ

 


विराटनगर, २९ चैत्र  । सशस्त्र प्रहरीले विराटनगरबाट मानव अंगसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।
विहान ११ः४० बजेतिर पक्राउ परेका सिन्हा भारत विहारको पूर्णिया नगरपञ्चायतका स्थानीयबासी हुन् । सशस्त्र प्रहरी बल मोरङका अनुसार सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २ वटा, खुट्टाको नली हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङ ७ वटा, ढाड, औंला र कुरकुच्चाको हड्डी ८–८ वटा बरामद गरिएको छ ।
रिक्सामा चढेर मानव अंग भारततिर लैजादै गरेको अवस्थामा सिन्हालाई पक्राउ गरिएको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा सिन्हाले कार्टुनभित्र प्याक गरेर लैजाँदै गरेको अवस्थामा मानिसको शरीरका विभिन्न अंगहरु बरामद गरिएको जानकारी गराइएको छ ।
पक्राउ परेका भारतीय नागरिक सिन्हा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ । सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा वीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचयपत्र फेला परेको छ ।
उक्त परिचयपत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिन्हाले पनि आफू बीपीमा एमबीबीएस अध्ययनरत रहेको बताएका बताइएको छ । जानकारी अनुसार सिन्हाले आफूले अध्ययनका क्रममा प्रयोग गरेको मानव अंग अध्ययन सकेर घर फर्किने क्रममा साथमै लिएर गएको बयान दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment