काठमाडौंमा बालेन शाहले कटाए १० हजार, केशव स्थापित झण्डै ५ हजार मतान्तरले पछि

३ जेष्ठ २०७९, मंगलवार


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् ।
उनले अहिलेसम्म १०२४१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई झण्डै ५ हजार मतान्तरले पछि पारेको छन् । स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment