इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी


इलाम, ३ जेष्ठः इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ ।

उहाँ ६ हजार ६ सय ५० मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत र एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाउनुभएको छ । 

उपाध्यक्षमा  नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित हुनुभएको छ। उहाँले ४४५० मत पाउनुभयो । नेकपा माओवादीका शुकवहादुर लावतीले ३४४२ मत पाउनुभएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment