इन्द्रचोक र असनस्थित मन्दिर परिसरका पसल हटाउन महानगरको निर्देशन

 


काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीब्र पारेको छ । यसैबीच महानरभित्रका मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ ।

सोही क्रममा महानगरले इन्द्रचोक र असनका मन्दिर परिसारमा सञ्चालनमा रहेका पसलहरु हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार काठमाडौं महानगरपालिका–२५ का वडा कार्यालयले सूचना जारी गर्दै सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालनमा रहेका पसलहरु हटाउने जनाएको हो ।

जारी सूचनामा इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडास्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडा कुँडा)लगायतका अन्य व्यापार व्यवसाय हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो ।

असनस्थित ट्रान्सफर्मर मूनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी)मा रहेका पसलहरु हटाउन वडाले उक्त अल्टिमेटम दिएको हो । वडा कार्यालयका अनुसार काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरु हटाउन निर्देशन दिइएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment