झापाकाे दमकमा एक छात्रामाथि गाेली प्रहार, आइसीयुमा उपचार हुँदै

२०८१ बैशाख २१ गते , शुक्रबार


झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । 
दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक- ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका स्थानीय पत्रकार सुदिप अधिकारीका अनुसार चिकित्सकले उनको पेटमा एउटा गोली निकालिसकेको छ । उनको हाल आइसियुमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 
यता गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । 'प्रहरी घटना बुझदैछ,' एसपी केसीले भने 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment