आज ‘भ्यालेन्टाइन्स डे’ ‘आइ लभ यु’ भन्ने यस्ता छन् बिशेष तरिका !

‘आइ लभ यु’ भन्ने तरिका हो भने प्रेम अभिव्यक्त गर्ने अर्को  उत्तम तरिका हो।  प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात ‘म तिमीलाई प्रेम गर्छु’ भनेर भनिदै आएता पनि यो तरिका मात्र सबैथोक भने होइन । यो वाक्य यतिधेरै गहन छ कि जुन धेरैका लागि महाभारी हुने गर्छ । आफुले भित्रै देखि मन पराउदा पनि आफ्नो प्रियसीले के भन्ने हुन् भनेर ‘आइ लभ यु’ भन्न सकिरहेका हुदैनन् । यी टिप्सहरु तपाईका लागि आज काइदा  बन्न सक्छ ।
म तिमीप्रति नतमस्तक छु
कुनै ब्यक्तिलाई प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’को सट्टा आइ इन्फ्याचुएटेड विद यू पनि भन्न सकिन्छ । यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु । भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यू’ भन्नु भन्दा फरकपन पनि महसुस गराउँछ ।
म तिम्रै हुँ
‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनु हुन्छ भने आइएम योर्स अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ ।
म तिम्रो सपना देख्छु
तपाइँलाई प्रेम ब्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यू’ भन्न चाहनु हुन्छ भने आई ड्रिम अफ यू पनि भन्न सक्नु हुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रैबारेमा मात्र सोंच्छु भन्ने अभिब्यक्त गर्छ ।
म तिमीलाई मन भित्रदेखि सम्मान गर्छु
कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम ब्यक्त गर्नु छ भने ‘आइ लभ यू’ को सट्टा आइ अडोर यू अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम ब्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।
म हाम्रो प्रेममा जिउँछु
यदि तपाइँ नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनु हुन्छ भने आइ लिभ फर आवर लभ अर्थात म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नु हुन्छ ।
मलाई तिम्रो नजिक भैरहन मन पर्छ
‘आइ लभ यू’ भन्नुको साटो आइ लभ विइङ अराउण्ड यू अर्थात मलाई तिम्रो नजिक भैरहन मन पर्छ भन्दा पनि प्रेमको अभिब्यक्ति उत्तिकै बलियो हुन्छ ।
म तिमी बिना केही होइन
आइएम नथिङ विदआउट यू भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।
तिमी मलाइ हरपल मेरै छेउँमा चाहिन्छ
‘आइ लभ यू’ भन्नुको साटो कहिले काँहि आई नीड यू बाई माई साइड अर्थात म तिमी मेरै छेउँ छाउ होउ भन्ने चाहन्छु भनेर पनि प्रेम ब्यक्त गर्न सकिन्छ । यसले तपाइँले उक्त ब्यक्तिप्रति अनुभव गर्ने विशेष भावना झल्किन्छ ।
तिमी र म सदाका लागि
‘आइ लभ यू’ भन्नुको साटो यू एण्ड मी अलवेज अर्थात म र तिमी सदाका लागि भन्ने अभिब्यक्तिबाट पनि प्रेमिल अनुभव गराउन सक्नु हुन्छ ।
म तिम्रै हुँ
‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनु हुन्छ भने ‘आइएम योर्स’ अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ ।
म तिमी बिना केही पनि होइन
‘आइएम नथिङ विदआउट यू’ भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।
म तिमीलाई निशर्त प्रेम गर्छु
तपाइँलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यू’ मात्र भन्न मन लाग्दैन भने ‘माइ लभ इज अनकण्डिसनल’ अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नु हुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: